Welcome to Pustak Samikshya

Bhirmaha

19 Jun

2017

Bhirmaha

  • Dhanaraj Giri

भिरमह अर्थात “रेणु–गीता


 

        भिरमह उपन्यास एउटा संस्मरण हो । रीड संस्थाले व्यस्त जीवन विताई रहेकी रेणुकालाई प्रशिक्षकको रुपमा उनकै जन्मभूमि जान अनुरोध गर्दछ । द्धिविधामा परेकी रेणुकालाई परिवारले साथ दिन्छ । उनी हिम्मत गर्छिन् । आवश्यक सामान बोकेर लाग्छिन् पूर्व । प्रकृति चित्रण मनमोहक । भाई केशव गिरीसित भएका सम्वादहरु अर्थपूर्ण । उपन्यासको नाम “भीरमह” सार्थक बनाउन एक ठाँउमा भिरमौरीको प्रसंग आउँछ । मान्छे स्वार्थी प्रमाण्ति गरिदिन्छ । यो उपन्यासको केन्द्रीय विषयवस्तु “जेण्डर” हो । यसैको विषयमा तालिम दिन ठाउँ ठाउँमा पुगेकिछन् हाम्री उपन्यासकार । 

यो संसार अझै पनि महिलाका लागि सरल छैन । सिद्धान्तमा जे जे भने पनि राष्ट्रको उच्च पदमा जे जति महिला पुगे पनि वा पु¥à¤¯à¤¾à¤‡à¤ पनि आम नेपाली महिलाको जीवनस्तरमा अझै सुधार आएको छैन । संस्कार परिवर्तन भएको छैन । मौसम बदलिए झै सरकार मात्र बदलिएर केही हुन्न । राणाकाल देखि गणतन्त्रसम्म आइपुग्दा धेरै धेरै छलाङ मारियो भनिएला तर घरातलीय यथार्थ अर्कैं छ । दलित , जनजाति र महिलाहरु अझै पनि पिछडिएका छन् । यो सत्य मात्र होइन अनुभूत तथ्य हो । महिलालाई स्वाधीन र “मान्छे” बनाउने हो भने उनीहरुलाई शिक्षित, सीपयुक्त र आर्थिक रुपमा स्वाधिन बनाउन पर्दछ । कक्षामा पढाउने क्रममा म चेलीहरुलाई अक्सर भन्ने गर्दछु “नानी हो , लहरा होइन वृक्ष बन्नु । काँक्रो होइन थाँक्रो बन्नु । आर्थिक रुपमा स्वतन्त्र हुनु ।


“समाजमा , हाम्रो नेपाली समाजमा पुरुषको पनि पीडा छ , पुरुष भन्ने बित्तिकै “परमानन्द” प्राप्त गर्न सफल प्राणी कदापि होइन । तर तुलनात्मक रुममा नारीहरु बढी पीडित छन् । “आमा” पद नारीको लागि गौरव हो र हो सर्वोच्च पद । सृष्टि धान्न यो अनिवार्य छ । तर व्यवस्थित र समायोचित भएन भने यही पद नै “बाधक” बन्दछ छोरीहरुका लागि । ४० बर्षको शिक्षण पेशाको मेरे अनुभव ः जब जब पढाइ सारै राम्रो भएका पुराना चेलीहरु भेट्छु र खबर लिन्छु , अनि सुन्छु ,“सर पढ्दा पढ्दै बिहे भयो । ४ बर्षमा तीन वटा जन्मिए । सन्तानको स्याहारमै बित्यो समय । अनुहार कस्तो कस्तो बनाउँछन् । सयौं चेलीहरु जगिरमा छन्, प्राध्यापक छन् तर एउटी “पुर्ण ढुंगाना” बाहेक सरकारी नोकरीमा कोही छैनन् । एउटी चेली पनि कलेज पढाउन पुगेको देख्न पाइन । हदै भए प्राइमरी टिचर । १०० जना म्याथ टिचर जम्मा भएमा महिलाको संख्या कति हुने होला ? राष्ट्रको मूलधारामा महिलालाई ल्याउन सकिएको छैन । राजनीती र चलचित्रमा रमाएका नानीहरुको कथा व्यथाको बारेमा बोल्न चाहन्न । अर्थको अनर्थ लाग्न सक्छ ।


आफूले प्रशिक्षण दिेने क्रममा ठाँउ ठाँउमा डा.सोलुले यही मुद्दा उठाएकी छिन् । उनले महिलाको मनोबल बढाइदिएकिछिन् । “ हाम्रो चेली पनि यति ठूलो मान्छे ” भनेर गा्रमीण नारीहरुले गर्व गरेका छन् । हरेक सगरमाथाको आफ्नै नाम्चे बजार भएकै “रेणुका” ले पनि यहाँ सम्मको यात्रा तय गर्दा कति पापड बेल्नु प¥à¤¯à¥‹ होला । “Rome was not built in a day  ”. ठूलो कुरा साहस हो र हो परिवारको साथ । “पिता , पति र पुत्र” यी मात्रले हार्दिक साथ दिएमा एउटी नारीले पर्याप्त उन्नती गर्न सक्रने कुरामा रेणुका ढुक्क छिन । उनले गरेको तर्कमा सत्यता छ । तर मेरो अनुभवले भन्दछ पिताले पर्याप्त आड दिएमा पुत्रीले जीवनको गन्तव्य भेट्दछिन् । उदाहरण म स्वयम् हुँ । यत्ति भनौं । फेरी पति र पुत्र बाहेक अर्को मात्र पनि हुन्छ जीवनमा ती हुन असल गुरु वुबा वा गुरु आमा । गुरुको साथ पाएकी चेलीले पनि चमत्कार गर्दछिन् । साधारणतया हाम्रो समाजमा आमा बाहेक नारीको उत्थानमा नारीकै भूमिका कतै न्यून भएको त होइन ? एउटा नकारात्मक संसार छ ः ईष्या , जलन । सप्रमाण लेखिरहेकोछु म । महिलाले महिलालाई नै हार्दिक साथ दिएमा समाजमा चमत्कार हुन्छ । रेणुकाको साहस , उनको ज्ञानको आयाम, उनको हृदयको विशालता सबै छताछुल्ल भएको छ उपन्यासमा ।


होटलमा काम गर्ने एउटी ११÷१२ बर्षकी बच्ची “महिली” रेणुकाको जीवनमा नआएको भए, मअिलाको व्यवहारले उनको मन नपग्लेको भए, सायद डायरीको पानाभित्र नै उनका कुराहरु थन्किएर पो बस्ने थिए कि ? यो मेरो अनुमान मात्र । एउटी गरिबकी माहिली छोरी गुजारा चलाउन होटलमा दैनिक दुई सय रुपियामा काम गर्छिन । म्याडमको कुरा सुनेर धेरै पढी म्याडम जस्तै बन्ने सपना देख्छिन् । यता रेणुका भित्रको मानवता छचलकिन्छ । यहाँ महिलाको कुरा सुन्दा , पड्दा म पनि भक्कानिन्छु । आज यो देशमा लाखौ महिलाहरु छन्, माहिला र कान्छाहरु प्नि छनु । एउटा हुँदा खानेको सन्तानलाई सहारा दिएमा, पढाई दिएमा समाजवाद आफै लागू हुन्छ ।
र“ Poverty anywhere is threat for prosperity every where ” गरिबी अभिशाप हो । 

अनेक तर्फ बितर्कको बाबुजुद पनि रेणुका भित्रको मानवता विजयी हुन्छ ,आफ्नो सीमाहरुलाई वास्ता नगरी अन्तत ः महिलालाई लिएर राजधानी आउँछिन् उनी । सहयात्री साथीहरुले पनि रेणुकाको मनोबल बढाउँछन् । “दावा” नामका मसिहाले साथ दिन्छन् । यतिखेर ट्याङलाफाँटमा एउटा सभ्य परिवार र ४÷४ अभिभावकको स्नेह पाएर महिली “जिज्ञाशु” बन्दै जीवनपथमा अधि बढिरहेका छिन् । डा.रेणुका सोलुको हृदयलाई सलाम गर्नुपर्दछ । अनुकरणीय मात्र होईन , स्तूल्य काम भएको छ ।

आफन्तका लागि मात्रै अनेक विगडम गर्नै यो मान्छेको संसारमा उनले यो परोपकारको कर्म गरेर आm्निो जीवन सफल र साथक बनाएकिछिन् । उनीसित कितावका बारेमा पटक पटक टेलिफोन वार्ता भए । अझ मैले यँहा कौशिकाको कथा लेख्न भ्याइन । यो समीक्षा होइन । मैले त आफ्नो मनमा फुरेका भावहरु मात्र प्रकट गरेको हुँ । “भिरमह” उपन्यास हरेक स्कूलमा पुग्नु पर्दछ । हरेक घरमा पुगे अझ राम्रो । “महिला सशक्तिकरणमा” यो पुस्तक नँया “गीता” अर्थात “रेणु–गीता” बन्न सक्दछ । डा. रेणुका सोलुको यो अदम्य साहसलाई म हृदयत ः सलाम गर्दछु । आजको युगमा विज्ञापनले यत्रो चमत्कार गरेको समयमा हाम्रो चेलीहरु १६ औं शताब्दीमै छन् । हरेक घरमा हरेक समाजमा , हरेक कार्यालयमा , हरेक ठाउँमा रेणु जस्ती चेलीको आवश्यकता छ । “देवीको शक्ति” शब्दातीत ! म हरेक मान्छेमा भगवान देख्दछु । यसर्थ सोलुका महिलाहरुले रेणुकामा “देवी” को अंश देखेको भए म त्यसलाई अन्यथा मान्दिन । रेणुका र मेरो जीवनको सार हो— माया । उनी भित्रको माया अर्थात “सत्यम — शिवम् — सुन्दरम्” उपन्यास भरि छताछुल्ल भएको छ । जिज्ञाशु, म तिमीलाई भेट्न आउने छु ।

 


– घनराज गिरी 

Recent Reviews

केन्द्र र परिधि

केन्द्र र परिधि

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Awaran

Awaran