Welcome to Pustak Samikshya

Awaran

13 Apr

2017

Awaran

  • - Dhanaraj Giri

अदृश्य पाटो

धनराज गिरी

“ लाग्यो – जीवनमा सफलताको मापन सुखी मात्र होइन । अरुको खुशीमा सुखी हुनेहरु पनि असफल छैनन् ।” उपन्यासकार जया ओझाको २२२ , पेजमा फैलिएको “आवरण” उपन्यासको अन्तिम दुई वाक्य मैले धेरै पटक पढें । यी दुई वाक्य भित्र मैले मानव जीवनको सार भेटे । आज सन्सारमा धेरै मानिस दुःखी छन् , पीडामा छन् , बेदना छ । तर एउटा मूल कारण “अपेक्षा” हो । “ मैले के पाएँ ? ” यसैलाई बोकेर हिडियो भने गयो जिन्दगी । यस उपन्यास भित्र अरु धेरै कुराहरु छन् , तर अन्तिम दुई वाक्य अति महत्वपूर्ण , मलाई नै भने जस्तो लाग्यो । किन कि “किरण” उर्फ “ज्योति” एउटी काल्पनिक पात्र हुन् , म त एउटा अस्तित्व हुँ , ज्यूँदो मानिस हुँ । अरुको खुसीमा धेरै पटक रमाएको छु । यही भएर मेरा सन्तानले मलाई “अपवाद” उपाधि दिए । सायद , मेरो जन्मनै अपवाद हो । आफ्नो कथा यत्ति नै । म अब “आवरण” टापुतिर प्रस्थान गर्दछु ।
“मधुर प्रकाशले लिपेको सुहागसेट ।...................... ”उपन्यासको पहिलो वाक्य ........... प्रवेश पनि । पढदै गए म । प्रथम रातमा नारीहरु कस्तो अनुभूत गर्दछन् ? कति रोमाञ्चित हुन्छन ? मुटुको धड्कनको गति कस्तो हुन्छ ? यी सबै कुरा मेरो पुरुष मनले अनुमान मात्र गर्ने हो, यकिन गर्न सक्दैन । “जया” स्वयम नारी त्यस माथि कुमारी । कतै यो उनको सपना पो हो कि ? मनले यस्तो पनि सोच्यो । धेरै सोच्यो । प्रणयरसलाई यति कलात्मक ढंग बाट , यति शालीन पाराले , मीठो शैलीमा प्रस्तुत गरेकिछिन् कि मेरो मन २०३५ साल माघ १२ गतेको रात संझिन पग्यो । आँखा भरि ती क्षणहरु आए । पुरै उपन्यासमा यस्तै यस्तै कथाहरु पढ्न पाए हुन्थ्यो जस्तो लाग्यो । प्रेम कहिले पो बढी हुन्छ र ? “मन” कहिले पो बुढो हुन्छ र ? म पनि जवान हुन पुगे । ४ पेज सकियो । आखिर जयाको भए पनि , ज्योतिको भए पनि त्यो सपना थियो , सपनामा नै सीमित भएर गयो । “सुन्दर सपना,कुरुप विपना” जीवनको धरातलीय यर्थाथ ! उपन्यासको नायिका ( नायक पनि ) अस्पतालको बेडमा । शिथिल । अब मेरो पनि २०७२ साल बैशाख १२ गते शनिबार दिनको ११ बजेर ५६ मिनेट जाँदा “धरहरा” जस्तो बन्न पुग्दछ । ज्योति माथि बलत्कार ! उफ् ! मेरो मन सारै नै दुःखी हुन्छ । किन यति निर्दयी हुन्छ मान्छेको जात ! स्त्री र पुरुष बीचको जुन पे्रमिल नाता हुन्छ , जसलाई दैवी वरदान बनाउन सकिन्छ , जुन मान मात्रका लागि एउटा अनुपम उपचार हो , त्यसलाई किन बुझ्दैनन् यी नरपशुहरु ? “सम”ं “भोग” अर्थात समान भोग , सम्भोज , जीवनको सवोत्तम कविता , प्रेमगीत, यो पवित्र अनुष्ठानलाई किन यति अपवित्र बनाएको होला ? सायद “जल्लाद” यिनै हुन । मेरो हृदयले भन्छ नारीको मन्जुरी बीना, “घर्मपत्नी” भए पनि छुन हुँदैन । परस्पर लाभको सिद्धान्तले काम गदैन भने पुरुषलाई अतिक्रमण गर्ने अधिकार दिन हुन्न । सरुको चार पाना पढ्दा रमाएको मेरो मन उपन्यासको कथा सुरु हुँदा भताभुङ्ग हुन्छ ।
कुमारी हुन् जया । विषय पनि “कुमारी” नै उठाइन् । यी “कुमारी आमाको” शक्तिले मलाई तानिरह्यो । उपन्यास लेख्न सजिलो छैन । पुरुष भए पनि म पनि सुत्केरी भएको छु । फेरि अहिले बजारमा एउटा “फेशन” भएको उपन्यास लेख्न जोखिम हो यो । “जरा हटके” बिषयमा भएकोले मैले यो उपन्यास दुई बसाइमा नै भ्याए ।
“न छोरी न छोरा” यस्तो पनि हुने ? मेरो लागि नयाँ अनुभव “दुःख” को पहाड हो यो उपन्यास । थापाकाजी नेता ः मन्त्री, ज्योती उर्फ परिवारको बदनाम होला भनेर ज्योतीलाई घर भित्र बन्दी जीवन ज्यून पनि लगाइन्छ । घर निकाला हुन्छे ज्योती । कँहा कँहा पुग्छे । माया सिर्फ आमाको मात्रै पाउँछे । “आमा” भगवानको अर्को रुप । म कक्षामा पढाउँदा भनने गर्दछु , “ जीवनमा १०० ५ ग्यारेन्टी जम्मा दुई कुरा – आमा र मृत्यु । चेलाचेली पिताका बारेमा प्रश्न गर्दछन “पिता विश्वास” सुधाको आश्रममा केही छिन बस्छेन् ज्योती । अनि सुधा र आफ्नो पिताको “लीला” थाहा पाए पछि स्तब्ध । “सुधा” एक प्रतिनिधी पात्र । दुनियाँ एउटा बजार अनि बिनिमय सन्सारको नियम । यो सन्सारमा धेरै धेरै सुधाहरु छन् र छन् थापाकाजीहरु प्नि । गरिबी त्यो सराप हो जसले हरेक अशक्त युवतीलाई यौवन बजारको धरापमा पु¥à¤¯à¤¾à¤‰à¤à¤¦à¤¾ “योन” त्यो आगो हो जुन बल्न मात्र जान्दछ । कथा अगाडी बढ्दै जाँदा ज्योतिको जीवनमा एउटा नायकको प्रवेश हुन्छ – रेशम । मान्छेलाई जीवनमा मान्छेकै “साथ” चाहिन्छ । रेशमको साथ पाएर ज्योतिको जीवनमा “यू–टर्न” आउँछ । उनी सफल चित्रकार बन्छिन् । रेशम भित्र भित्र ज्योतिलाई प्रेम गर्न थाल्दछ । ज्योतिलाई असजिलो पर्दछ । अनि ज्योतिले मुटु माथि ढुङ्गा राखेर प्रेम अस्वीकार गर्दछिन् । उनी “अन्तरलिंगी” दोष प्रकृतिको दुःख झेल्दछ मान्छे । सिनेमामा हिंजडा , छक्का, गे , लेस्बियन आदि सुनेको भए पनि प्रा. मोहनराज शर्माको “सलिजो” र उष शेरचन दिदीको “तेस्रो रंग” पढे पनि मेरो अनुभवको सन्सारमा “स्त्री र पुरुष” मात्रै । जैविक चाहना भनेको पति र पत्नी वा प्रेमी र पे्रमीका मात्रै । तर बिचित्र सन्सार , देवको लीला अपरम्पार ! “ज्याेित” पात्रको कथा साच्ची नै मार्मिक छ । एक पटक पढ्दा पाठक रोमाञ्चित हुन्छ , हुन्छ ।


“सेन्स अफ हयूमर” जीवनमा चाहिन्छ । गुरुदेव अभि सुवेदीले लेख्नु भयो “ Convey every serious matter through sense of humour ” मैले पनि लेखें “æIf we do not have sense of humour we might have brain tumor. हाँस्यरस साहित्यमा चटनी हो । अचेल मानिसले हाँस्न बिर्सिएका छन् । सरुभक्त श्रेष्ठ कुनै जमानामा यति गम्भिर हुनु भएछ कि १५ बर्ष पछि मात्र उँहा हाँस्नु भएछ । मैले पनि उपन्यास “आवरण” मा ठट्टा वा “सेन्स अफ हयूमर” खोजे । हुन त पुरै एउटा जिन्दगी माथि मजाक भएको छ । बाबाको साथ पाएका छोरीहरुले जीवनमा चमत्कार गरेका छन् “शारदा शर्मा” नै नमूना हुनु हुन्छ । म भन्छु “हाम्रो जीवन पनि मजाक भन्दा कम छ र ?” हो , यो सन्सार नै “मजाकालय” जस्तो लाग्दछ । हरेक संरकार हरेक पटक मजाक नै गरिरहेछ । ज्योतिको कमजोर पढाइका कारणले उनलाई तल्लो कक्षामा भरारिन्छ , गाउँ बाट शहर जाँदा । त्यो कक्षामा ५÷६ बर्ष दोहो¥à¤¯à¤à¤•à¥‹ अर्थात “फेल” भएको एउटा “विन्दास” पात्र छ । “हात्ती नपढेर सानो भएको छ र ?” भने खालको । तपाईलाई एउटै कक्षामा १५÷१६ बर्ष पढाउँदा लाज लागेन , मलाई किन लाग्ने ? उपन्यास भरि यहीनृर पाठक एक छिन रमाइलो मानन सम्दछ । यो “पढाई” भन्ने कुरा पनि गज्जब हो । ४० बर्ष पढाएर म यो निचोडमा पुगेको छु – पढ्न मन हुने लाई मात्र पढाउने । बाकीँ लाई साक्षर बनाएर सीपको तालीम दिने र दक्ष जनशक्ति बनमउने । काम , दाम र माम हो आमाको जीबव । बिशिष्ट प्रतिभालाई पढाउनै पदैन । पानीले आफ्नो सतह आफै मिलाउँछ ।


अन्तमा उपन्यास “आवरण”ले एउटा अदृश्य पाटोलाई उजागर गरेको छ । नवोदित बहुप्रतिभाकी धनी “जया ओझा” मा अपार संभावना छ । उनले पनि अझै अध्ययन गर्नु पर्दछ । भाषा मीठो छ । किताब पढ्दा कत्ति पनि भर्को र बोर लाग्दैन । उनी “जया ओझा” बनेर आफ्नो सुगन्ध यात्रामा अझै अगाडि बढ्ने छिन् । उनका पाठकहरुले उनलाई खोजी खोजी पढ्ने छन् । “शिखा बुक्स” अझै लोकप्रिय हुनेछ । किम अधिकम !

Recent Reviews

केन्द्र र परिधि

केन्द्र र परिधि

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

योगमाया ः धार्मिक तथा सामाजिक सुधारकी अभियन्ता

Bhirmaha

Bhirmaha