Welcome to Pustak Samikshya

फूलानी

फूलानी

फूलानी

0 Readers reveiws

299

Writer : Khagendra Lamichhane

खगेन्द्र लामिछाने पछिल्लो समयमा निकै लोभलाग्दो नाम हो यो । उनी नाटक लेख्छन । निर्देशन गर्छन । सिनेमा लेख्छन । अभिनय गर्छन । र यी बिधामा सफलता मात्रै पाएका छन ।  मैले उनको नाम पहिलो पटक एक रेडियो नाटक को लेखक निर्देशक को रूपमा सूनेको थिएॅ । “कथा मिठो सारङ्गीको” । नछूटाइ सून्थे । पछी उनका सिनेमा पनी हेरें । जताततै बाट मन जितेका हुन । अब उनको नाममा अर्को उपमा पनी थपिएको छ उनको पहिलो कथासंग्रह फूलानी को प्रकाशन संगै । कथाकार खगेन्द्र लामिछाने । सात ओटा कथा छन ।  कथाका पात्र घटना परिवेस बिछट्टै नयाॅ छैनन् । हामै गाॅउ समाजमा हामीले नै देखेका , भोगेका , र सूनेका समाजीक , पारीवारीक समस्या र तिनको प्रभाब बिभिन्न पात्र मार्फत देखाएका छन । घटना एउटा हूनसक्छ । त्यो घटनाका बिभिन्न पाटाहरू हूनसक्छन । तसर्थ फूलानीमा नयाॅ घटना छैनन् । नयाॅ पाटा छन । जो पहिले नआएका, नसूनीएका , नदेखिएका वा नभोगीएका हुनसक्छन ।

      लेखाइ अत्यन्तै सरल छ । सरस छ । प्रस्तूती औपन्यासीक जस्तो लाग्छ । नयाॅ प्रयोग पनी हूनसक्छ । आञ्चलीक भाषाको प्रयोगले सुनमा सुगन्ध थपिदिएको छ । यद्धपी केहि टिपिकल शब्द नबूझिने समस्या पनी हुनसक्छ । लेखकले पात्रहरूलाइ ठूला ठूला सिद्धान्तका बाचक नबनाइ सानो कूराको ठूलो महत्व दर्शाउन प्रयोग गरेका छन । शिर्षक कथा फूलानी को सुरूवात र मध्य जति बलियो छ , यस्को अन्त्य अत्यन्तै कमजोर लाग्छ । अलिकति खल्लो पनी लाग्छ । यो किताव पढ्नू अगी उनको बोली सुन्नुभयको छ अथवा उनका सिनेमा हेर्नूभयको छ भने  कथाका मूख्य पात्र मा उनले निभाएका बिभिन्न पात्रका चरित्र संग मिलेजस्तो लाग्न सक्छ ।  यसले लेखक कतै पात्रमाथि धेरै नै हावी भएका त हैनन भनेजस्तो पनी लाग्न सक्छ । हरेक कथा पढ्दा टुल्के र पशूपतिप्रसाद कतै न कतै आएजस्तो लाग्थ्यो । तव कथा सिनेमा मा परिबर्तन हुन्थे । पात्रहरूले गति समात्थे । कथा पढिएन । हेरीयो । फूलानी हेरियो । सिनेमा झै । कथाका  बिषयबस्तूको छनोट , भएका र दिन खोजिएको कन्टेन्ट र क्वालिटीका आधारमा औषत किताव लाग्यो फूलानी । यद्धपी खगेन्द्र लामिछानेका यस अगीका प्रस्तुती मन पराउनेलाइ यो प्रस्तूती पनी मन पर्नेछ ।

Category: कथा-लघुकथा

ISBN:

Edition: 1st

Publisher: Book Hill