Welcome to Pustak Samikshya

Sallipira

Sallipira

1 Readers reveiws

349

Writer : Nayan Raj Pandey

सल्लीपिर सल्लाको पातमात्र होइन । सोलुको पिर पनि हो । पीडा पनि हो । र, हो सोलु जस्तै अनेकन दुरदराजका बस्तीहरुको । जब गरिबीले अधिपत्य जमाउँछ, स्वतन्त्रता कैदी हुन्छ । केही कैदीहरुको कहानी पनि हो, सल्लीपिर । जसको जिन्दगी फगत एउटा निश्चित सिमानामा सकिने गर्छ । जहाँका मानिसको भन्दा मानव निर्मित÷संरक्षित वस्तुहरुको मूल्य बढी छ ।

छिरिङले जन्माएका हरेक पात्रको अन्तर्मनमा घरिघरी झिल्काको रुपमा देखा पर्ने शिक्षाको मधुर प्रकाशले उपन्यास शिक्षामा केन्द्रित रहेको प्रमाणित गर्न बल पुगेको छ । यो एउटा कवितामय उपन्यास पनि हो । तपाईं कविताको पाठक हुनुहुन्छ भने तपाईंलाई औधी खुसी लाग्नेछ । छिरिङको कविताबाट सुरु भएको उपन्यास छिरिङको प्रतिबिम्वको रुपमा नाङसेरेको सोही कवितासँगै सकिन्छ । भलै आख्यानकारले सुन्दर कवितालाई गीत भनेका छन् । यो कथा गरिबी, हिमाल, सीमान्तकृत समुदाय, खुम्बु, चौंरी र शेर्पाहरुको त हुँदै हो ।

सम्पूर्ण रुपमा यो एउटा भोक र प्यासको कथा हो । शिक्षाको प्यास । चेतनाको प्यास । ज्ञानको प्यास । मुख्य पात्रलाई प्यास हुँदाहुँदै पनि कुवाको पानी विषाक्त छ भन्ने भ्रम छ । भूतमात्र देख्छ किताबहरुमा । भगवान समग्रमा घटना भएपछि आउने प्रहरीको भूमिकामा छन् ।

कथ्यशैली बेजोड छ । आफैंमा नेपाली फिल्मका कथा तथा पटकथाकार समेत रहेका आख्यानकारले पटकथाको सुन्दर प्रयोग गरेका छन् । मूल कथालाई अगाडि बढाउन त्यो प्रयोग सार्थक सिद्ध देखिन्छ । पात्र निर्माणमा हतार देखिँदैन । लम्बेतान पनि देखिँदैन । सन्तुलित लाग्छ । पछिल्लो समयका केही आख्यानमा आख्यानकारले ‘सेट डिजाइन’ गर्दा गरेको ‘कथा तन्काउने गल्ती’ पाण्डेले गरेका छैनन् ।

Category: उपन्यास

ISBN:

Edition: 1st

Publisher: Fine Prints

  • Suman Ghimire

    June 12, 2016

    good book. the characters are real and wonderful.