Welcome to Pustak Samikshya

Niravana

Niravana

1 Readers reveiws

399

Writer : Ghanashyam Khadka

यो जीवन नामको तत्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुट्कार पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?
उपन्यासकी नायिका मोनिका भन्छे,‘खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्रै जीवन हो भने यो झर्कोलाग्दो छैन त ?’
यस्ता प्रश्न ज्यादातर दर्शनको रौंचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको नीरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ । आख्यानमा पढूँ—पढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमिको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोसेढुङ्गा हो निर्वाण । 
यो मूलतः प्रेम, आनन्द र सत्यको त्रिवेणी हो भने मनोविज्ञान यसको आधारभूमि । सत्य र आनन्द चाहने सबैलाई तान्ने पुस्तक हो यो । विधामा आख्यान भए पनि स्वाद यसको उत्प्रेरणादायी पुस्तकको छ । पढ्ने हरेकले आफैंलाई भेट्नेछ, आफैंलाई पाउनेछ । सनसनीपूर्ण घटनाक्रम र पात्रहरूका विस्मयकारी मिलन अनि विछोडले पुस्तकलाई अत्यन्त पठनीय बनाएको छ । 

Category: उपन्यास

ISBN:

Edition: 1st

Publisher: Alchemy Publication

  • Suman Ghimire

    June 09, 2016

    Very Good Novel. Peace of Mind. Thanks to Ghanashyam Khadka for the wonderful work.